How Can We Help?

+977-1-4981133

पाठेघर खसेको तीस वर्षपछि उपचार


काठमाडौं- ललितपुर, चौघरेकी ६६ वर्षीया सुकुमाया थिङको २९ वर्षअघि नै पाठेघर खसेको थियो । उनले यो समस्या न कसैलाई भनिन् न त उपचारमै गइन्। मिर्गौलामै समस्या आएपछि केही दिनअघि मात्र उनी सुमेरु अस्पताल भर्ना भइन्। परीक्षणपछि चिकित्सकले उनको पाठेघर खसेको पत्ता लगाए। 'पाठेघरले गर्दा पिसाब रोकिएछ, बल्ल डाक्टरले थाहा पाए,' उनले भनिन्। मिर्गौलामा समस्या आएपछि छोरीले उपचारमा पुर्‍याएकी थिइन्।

एक साताअघि 'पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया' कार्यक्रमअन्तर्गत ग्रिनसिटी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो। पुनः जाँचका लागि सोमबार अस्पताल आइपुगेकी उनले भनिन्, 'बेलैमा भनेको भए उपचार पाउने रहेछु, लाजले कसैलाई भन्न सकिनँ।' रोग पालेर हिँडिरहँदा दशकौंसम्म दिसा–पिसाब गर्न, बस्न अप्ठेरो हुने, भारी काम गर्दा पाठेघर दुख्नेलगायत समस्या झेलेको उनले सुनाइन्। 'गाउँ–घरमा खेतीको काम गर्नुपर्थ्यो, सहेरै गर्थें, कसैलाई भनिनँ,' उनले भनिन्।

लाजका कारण पाठेघर समस्या लामो समय लुकाएर राख्ने थिङ एक्ली होइनन्। थानसिङ, नुवाकोटकी लक्ष्मी श्रेष्ठको पनि पाँच दिनअघि यही अस्पतालमा पाठेघर शल्यक्रिया गरियो। अस्पतालबाट एक महिनाअघि गाउँ पुगेको निःशुल्क स्वास्थ्यशिविरले उनको पाठघेर खसेको पत्ता लगाएको थियो। 'खसेको तीन वर्ष भइसकेको रहेछ, कसैलाई भन्नुभएन,' आफन्त ज्ञानु श्रेष्ठले भनिन्। श्रेष्ठले पनि दुखाइ सहेरै काम गर्ने गरेको बताइन्।

नुवाकोट, बट्टारकी ६० वर्षीय पार्वती खनालले पनि एक महिनाअघि गाउँ गएको शिविरमा जँचाउँदा पाठेघर खसेको पत्ता लाग्यो। अस्पतालले शल्यक्रियाका लागि बोलाएपछि उनी सोमबार अस्पताल आइपुगेकी हुन्। चिकित्सकका अनुसार मंगलबार उनको शल्यक्रिया हुँदै छ। खनालको पनि पाठेघर खसेको तीस वर्ष भइसकेको रहेछ। 'पहिला गाउँको अस्पताल र थापाथलीमा देखाएकी थिएँ, अहिले फाल्नुपर्दैन भनेका थिए,' उनले भनिन्, 'घाँस–दाउराको काम गर्नुपर्थ्यो, कम्ती सास्ती पाइनँ।'

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रुपा झाका अनुसार पाठेघर खस्ने समस्या लिएर आउनेमा नुवाकोट, सिन्धुपाल्चोक, ललितपुर र धादिङका महिला बढी छन्। उनीहरू लोकलाज र उपचारमा पहुँच अभावले ढिला गरी अस्पताल पुग्ने गरेको उनले बताइन्। अस्पतालले कार्यक्रम सुरु भएयता दैनिक तीन–चार जनाका दरले शल्यक्रिया गरिरहेको छ।

अस्पतालले पाठेघर निःशुल्क अपरेसन गराउने सरकारी कार्यक्रमसँगै विभिन्न माध्यमबाट आएका महिलाको निःशुल्क शल्यक्रिया गर्ने गरेको हो। यस आर्थिक वर्षमा १ सय जनाको निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम रहेकामा हालसम्म जम्मा १४ जनाको गरिएको छ। गत जेठमा मात्र सम्झौता भएकाले कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको अस्पताल प्रबन्धक मनीष दवाडीले बताए। अन्य अस्पतालमा यो कोटा सकिएकाले  सबैतिरका बिरामी त्यहीँ आउने गरेको उनको भनाइ छ।

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956