How Can We Help?

+977-1-4981133

नेपाल मै पहिलो पटक ग्रीनसिटीले गर्यो छाती नचिरी मुटुको शल्यक्रिया


नेपाल मै पहिलो पटक ग्रीनसिटीले गर्यो छाती नचिरी मुटुको शल्यक्रिया

2073-2-19/03:51 pm मा प्रकासित  चेतना न्युज

जेठ,१९,काठमाडौं । काठमाडौस्थित धापासीमा रहेको  ग्रिनसिटी अस्पतालले मुटुमा जटिल समस्या भएका एक बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ । जन्मजात नै मुटुमा प्वाल लिएर जन्मेका  ३४ वर्षीय कमल धमलालाई असपतालले यो सेवा दिएको हो । यस प्रकारको शल्यक्रियालाई ‘मिनिमल्ली इनभ्यासिभ कार्डियाक सर्जरी’ भनिन्छ । डा. अनिल भट्टराई नेतृत्वको टोलीले कमलको मुटु छेउ रहेको दुईवटा करङको बीच प्वाल बनाई सफल शल्यक्रिया सम्पन्न गरेको अअस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । मुटु रोगी कमलको दाहिने फोक्सोबाट आउने सफा रगत बोक्ने नली देब्रेतर्फ खुल्नपर्नेमा दाहिनेमा खुलेको उपचार पनि अस्पतालले गरिदिएको छ । यसलाई चिकित्सकीय भाषामा पार्सियल एनोमेलस पल्मोनरी भेनोस कनेक्सन (पिएपिभिसी) भनिन्छ । त्यसै पनि मुटुको शल्यक्रिया जटिल हुन्छ, यो समस्याले उनमा अझै जटिलता थपेको थियो । ‘यस्तो केसमा सानो प्वाल पारेर शल्यक्रिया गरिएको नेपालमै पहिलोपटक हो,’ डा. भट्टराईले भने । यस पद्धतिद्वारा अपरेशन गर्दा विरामीको छाति चिर्नु पर्दैन । मुटुको दाहिने तर्फको दुई करङको बीचमा ४ देखि ६ सेन्टिमिटर सम्मको सानो प्वाल बनाएर अपरेशन गर्न सकिन्छ । यसरी अपरेशन गर्दा विरामीलाई कम क्षति पुग्ने तथा उनीहरु सामान्य व्यक्तिसरह छिट्टै हिंडडुल गर्न सक्छन् ।

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956