How Can We Help?

+977-1-4981133

Ringroad Cleaning Campaign


काठमाडौँ,३ बैशाख । बागमति सफाई अभियान पछि चक्रपथ  सफाइ अभियान पनि प्रारंभ गरिएको छ । चक्रपथमा बढदो फोहरलाई ध्यानमा राखी चक्रपथ सफाई अभियानप्रारंभ गरेकोमा शहरी बिकास मन्त्री अर्जुननरसिह केसीले खुशी ब्यक्त गरेका छ । यो अभियानमा सरकारको पनि सहभागिता रहने जानकारी गराएका छन ।
ग्रिनसिटी अस्पतालले सयोजन गरेको सो चक्रपथ सफाई अभियानमा स्थानीय नागरिक अभियानताहरु, लायन्स क्लब, नेपालप्रहरी, सशस्त्रप्रहरी, महानगरपालिका , यति हेल्थ साइन्स एकेडेमी, होटल ब्यबसायीलगायतको सहभागिता रहेको छ ।
चक्रपथ सफाई अभियानको उदघाटन गर्दै शहरी बिकास मन्त्रीले प्रत्येक घरघरबाट सफाई अभियानको थालनी गर्ने समय आएको र परिबर्तनको प्रारंभ प्रत्येकले आफैबाट गर्नुपर्ने बताएका छन ।
पहिलो चरणमा नयाबसपार्क देखि नारायणगोपालचोक सम्म सफाई गरिने भएको छ । पहिलो दिनको एक घण्टाको सफाई अभियानमै १० टन भन्दा बढी फोहर संकलन गरी महानगरपालिको गाडी मार्फत फोहर संकलन केन्द्रमा पुरयाइएको ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं बागमति सफाई अभियन्ता लोकबहादुर टण्डनले बताएका छन ।
पहिलो दिनको सफाई अभियानमामात्रै ५ सयको उत्साहजनक सहभागिता रहेकोले आगामी दिनमा हुने सफाई अभियान थप प्रभाबकारी हुने बिश्वास आयोजकहरुले गरेका छन । चक्रपथ सफाइ अभियानप्रारंभ भएपछि अब सडकका छेउ छाउ कुनै पनि ब्यबसायीले समान राख्न नपाउने भएका छन ।
अभियानताहरुले सडकको छेउमा छड सिमेण्ट, काठ मुडा , बालुवा, गिटी, टहरा लगायतका समान राख्नेहरुलाई अर्को सफाइ कार्यक्रममा आउदा समानहरु सडकबाट हटाइएको हुनुपर्ने अन्यथा कानुन बमोजिम कारबाही हुने कुरा पनि सचेत गराएका छन ।
सफाई अभियानमा सहभागी बरिष्ठ पत्रकार टंक पन्त, मुकुन्द ढुगाना , लोकप्रियकलाकार तिलक बस्नेत लगायतले फोहर सार्बजनिक ठाउमा नफाल्न र फोहर सडकमा फालेर सरकार कहा गयो भनी प्रश्न नगर्न आग्रहगर्दे आफनो फोहरको आफै ब्यबस्थान गरी महानगरपालिकाको फोहर उठाउने गाडी आएपछि मात्रै बाहिर निकाल्न आह्वान गरेका छन ।
सफाई अभियानको सयोजन गरेकाअध्यक्ष टण्डनले आगामी शनिबार देखि प्रत्येक हप्ता चक्रपथ सफाइ अभियान हुने भएकोले संभब भए सबैतिरबाट नभए चक्रपथ छेउछाउका सबैले आपनो कर्तब्य ठानी अभियानमा सहभागी हुन बिशेष आह्वान गरेका छन । सफाई अभियानमा प्राथमिक स्वास्थ्यको ब्यबस्थापनि ग्रिनसिटी अस्पतालले गर्ने भएको छ ।  

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956