How Can We Help?

+977-1-4981133

आठ वर्षीया बालिका बलात्कृत, ग्रीनसिटि अस्पतालमा उपचार हुदै


पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। गाउँको उखु बारीमा स्थानीय युवाहरुको एउटा समूहले बाख्रा चराउन निस्केकी ति बालिकालाई बलात्कार गरेका थिए। घट्नामा संलग्न भएको भन्दैै प्रहरीले स्थानीय ३ जनालाई नियन्त्रणमा लिएको छ। पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिका बलात्कृत भएकी छन् । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् ।

बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेको थियो ।

आफन्तका  अनुसार बुधबार घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्न सुरु गरेका थिए। निकै खोजी गर्दा वडा नंं ५ निचुटनाको पोखरी नजिकै खेतमा मुर्छित अवस्थामा उनी फेला परेकी थिइन। अचेत फेला परेकी बालिकालाई आफन्तले बीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएपछि उनी माथी बलात्कार भएको चिकित्सकहरुले प्रमाणित गरेका थिए। बालिकाको अवस्थामा चिन्ताजनक रहेको र सोही अस्पतालले थप  उपचारको लागि काठमाडौं पठाएको छ। हाल बालिकाको उपचार काठमाडौंको ग्रीनसिटि अस्पतालमा भैरहेको छ ।

बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा उनको गोप्य अंगमा समेत गहिरो घाउ भएको उपचारमा संलग्न डा.रुपा झा ले  बताइन । अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति खतरामुक्त  रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

ग्रीनसिटि अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनले भने यी ८ बर्षीय बालिकाको सम्पूर्ण उपचार खर्च हस्पिटलले निशुल्क गरिदिने भन्दै   ‘‘निकै दुख लाग्दो र गम्भीर अपराधिक घट्ना हो यस्ता  बलात्कारिलाई राज्यले कडा भन्दा कडा कानुन बनाई अपराधिलाई कारबाही गर्नुपर्छ । टन्डनले समाजमा  बलात्कारी भन्दा बलात्कृत लज्जित हुनुपर्ने अवस्था छ । योजतिको लाजमर्दो अवस्था अरु के होला ?

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956