How Can We Help?

+977-1-4981133

देशकै नमुना अस्पताल बनाउँछुः अध्यक्ष टण्डन


अध्यक्ष  लोक बहादुर टण्डन -Lok Bahadur Tandan

गुल्मी जिल्लाको हर्दिनेटा गाविस ७ चोयगामा २०२१ सालमा जन्मनु भएका ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष  लोक बहादुर टण्डनसँग स्वास्थ्य क्षेत्र सम्बन्धि चेनता न्युज डट कमले गरेको कुराकानी 

धेरै क्षेत्रहरु छन मैलै विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छु । २०२५ सालमा बुवा रनसिहं टण्डन लुम्सामा किराना पसल गर्नुहुनथ्यो । २०४३ सालमा गुल्मीको हर्दिनेटामा मैले पसल शुरु गदै गर्दा गर्दा म विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए । राजनीति गर्दा विभिन्न बाधा अड्चन भोग्नुपर्दो रहेछ । यसक्रममा २०४७ साल पुष ३ गते दिगाममा एउटा ठूलो काण्ड घट्यो । त्यो काण्डमा एमालेबाट मैले निकै पिटाइ खानुपर्यो । 

त्यो पिटाईले मैले गाउँ छोड्न बाध्य भएँ । अहिले उहाँहरुलाई धन्यवाद दिन चाहान्छु किनभने यदि त्यो समयमा मैलै त्यसरी पिटाई नखाएको भए सायद म गुल्मी मै रहिरहन्थे होला । म केहि समय पछि विदेशतिर लागे केही पैसा पनि कमाए । विदेशबाट फर्केपछि बुटवलमा ग्लास हाउस तथा फर्निचर उद्योग लगायतका विभिन्न क्षेत्रमा लगानी बढाउँदै लगे । अहिले पनि केहि व्यवसायहरु बुटवलमा च्लिरहेका छन् भने काठमाडौंमा पनि ग्रीन सिटि अस्पताल, यति हेल्थ साइन्स कलेज, टण्डन ग्लास हाउस लगायत विभिन्न  व्यवसायहरु च्लिरहेको  अवस्था छ । 

तपाई स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुको मुख्य कारण के हो ? 

स्वास्थ क्षेत्रमा प्रवेश गर्नुको मुख्य कारण म व्याडमिण्टन खेलाडी थिए । मलाई घुँडामा केही समस्या आयो । चेकअपको क्रममा त्यतिबेला वि.पी. अस्पतालमा डा. दिपक महरा र डा. अर्जुन लामिछानेको टिमले मेरो घुँडाको शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रियाका क्रममा झ्याप्प बत्ति गयो । मैलै डां साबलाई सोधे बत्तिको समस्याले मेरो शल्क्रियामा केही अप्ठेरो त पर्देन भनेर । 

म उपचारको क्रममा जुन शैयामा बसेको थिएँ, अप्रेशन कक्षबाट त्यतिबेला मैले मनमनै प्रतिज्ञा गरेको थिएँ की लोडसेडिङ मुक्त अस्पताल खोल्नुपर्छ भनेर, त्यहि अनुरुप ग्रीनसिटी अस्पताल २०६९ सालमा खोलँे । अस्पताल शुरु गरेदेखि अहिलेसम्म यो अस्पतालमा लोडसेडिङको बेला पनि त्यसको असर अस्पताल र सेवामा पर्न दिएको छैन, यो अस्पताल लोडसेडिङ मुक्त अस्पतालको रुपमा चिनिन्छ ।

यो क्षेत्रमा के–कस्ता चूनौतीहरु देख्नुभयो ?

अस्पतालमा अनेक बिरामीहरु आउने गर्दछन, कसैसँग आर्थिक अभावको कारणले गर्दा उपचार गराउन नसकेर लामो समयसम्म रोग पालेर बस्न बाध्य भएको देखिन्छ, त्यस्ता समस्याको पहिचान गरी अस्पतालले निशुल्क रुपमा उपचार गर्ने गरेको छ । यसको जानकारीको लागि ग्रीनसिटीको  वेवसाइटमा पनि यहाँहरुले देख्न सक्नुहुन्छ । समस्याको बारेमा कुरा गर्दा अस्पताल यस्तो ठाउँ हो, एउटै घटनाक्रमले सय प्रतिशत जश पाउन पनि सक्छ र एउटै कारणले बदनाम हुन पनि सक्छ, यसकारण अस्पताल निकै संवेदनशिल क्षेत्रको रुपमा मैले बुझेको छु । 

मैले ग्रीनसिटिको टिमलाई बारम्बार के भन्ने गरेको छु भने निरन्तर आफ्नो दक्षता, क्षमता र कुशल प्रतिभालाई संयमताका साथ सेवामा जुट्नुस, खुशीमा बढी हौसीने र दुखमा बढी आत्तिने काम कहिल्यै नर्गनुस । सेवामा पूर्ण जश पाइदैन तर पनि यसमा आफूले सन्तुष्टी लिदै जाने कुरा हो । 

ग्रीनसिटि हस्पिटलको लोकप्रियता बढ्नुको मुख्य कारण के मान्नुहुन्छ ?

नेपालभरीमा नीजि अस्पताल करिब ३५० को सङख्यामा  पुगेका छन यसको अलवा सरकारी अस्पतालहरु प्रशस्तै छन । प्रमाण जुटाएर आएको खण्डमा नेपाल सरकारले स्वास्थ्यक्षेत्रका विभिन्न ५ शीर्षकमा एक–एक लाखका दरले अनुदान दिने गरेको छ । यो सबैमा जानकारी पुगेको पनि छैन, थाहा भएका पनि  प्रक्रियाबाट सेवासम्म आउन अप्ठेरो अवस्था रहेको छ । 

म के कुरामा बढी खुसी छु भने गरिव र असहाय व्यक्तिहरुलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म उपचार गरिदिने गरेको छु । यसमा मलाई निकै आनन्द आउने गरेको छ । डा. अनिल भट्टराईको सक्रियतामा कालिकोट जिल्लाबाट १० वटा ओपनहर्ट सर्जरीको लागि केशहरु कलेक्शन गरी ल्याउनुभयो र तिनीहरु ग्रीनसिटी अस्पतालको निशुल्क उपचारपछि घर फर्केका छन ।  

बुटवलबाट प्रकाशित हुने बुटवल टुडे राष्ट्रिय दैनिकमा छापिएको समाचारले रुपन्देहीको खैरेनी निवासी लोकमाया सुनार जस्को जन्मजात मलद्धार थिएन ९ महिना सम्म दिसा निष्काशन नभएकी उनको ग्रीनसिटीले सफल उपचार गरी उनको नियमित दिसा हुने बनाइदिएको छ । जुन बच्ची हुन, ओखलढुंगा पोखरे गाविस वडा नम्बर ४ निवासी १३ वर्षकी लिला बि.क जसले १३ वर्षसम्म आफ्नो दिसालाई पेटमा च्यापेर पिंडामा बाँचीरहेकी थिईन् । साच्चै भन्ने हो भने उनको नाम गिनिजबुकमा लेख्नुपथ्र्यो, त्यो हुन सकेन यसमा मलाई दुख लागेको छ । लामो समयसम्म हेरिरहन सक्ने त्यहाँको समाजप्रति मेरो गुनासो पनि छ । 

मुलुकमा भ्रष्टचार मौलाईरहेको छ, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जुन निशुल्क सेवा दिने कोशिस छ, यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

अहिले मुलुकको सबै क्षेत्रमा हेर्दा व्यापक भ्रष्टचार भएको देखिन्छ, मानव भएर जन्मेपछि मानवताको स्वभाव देखाउन सक्नुपर्छ भन्ने मुल उदेश्यका साथ म यो अभियानमा जुटेको छु । सेवा नै धर्म हो भन्ने नारा लिएर अगाडी बढिरहेको छु । यो अभियानमा म कत्ती पनि बिचलित नभई अगाडी बढिरहने छु यो मेरो प्रतिबद्धता नै हो । 

म नास्तीक होइन आस्तीक हो यसो भन्दैमा मन्दिर मात्रै धाउनु पर्छ भन्ने मेरो सोच होईन । मानव सेवा नै धर्म हो भन्ने मलाई लागेको छ । देशलाई समृद्धको बाटोमा लैजानको निम्ति सबैको आ आफ्नो भूमिका हुनुपर्छ । एक जना व्यक्तिले मात्र गरेर केही हुँदैन् । यसको लागि सबैमा सकारात्मक सोचको आवश्यकता हुन्छ । अहिले धन कसरी थुपार्न सकिन्छ भन्ने होडवाजी नै चलेजस्तो देखिन्छ । 

विदेशी मुलुकबाट आएको सहयोग भनौ या विकास निर्माणको रकम भनौ सबैतिर ठुलो रकम दुरुपयोग भएको देखिन्छ । यसलाई तत्काल रोक्न कडा भन्दा कडा कानुन बनाउन आवश्यक छ ताकि फेरी अर्कोले गलत गर्ने आँट नगरोस । गलत गर्ने मान्छेलाई प्रोत्साहन गरेर अगाडी बढाउनु हुँदैन । यसलाई निरुत्साहीत गर्न राज्यको ध्यान जानुुपर्छ । 

ग्रीन सिटी भित्र टिमहरु सबै एकजुट र सक्षम छ भन्ने छ नी ?

एकटीभ र सक्षम मात्रै नभएर काम गर्ने हामीले जुन खालको काम गछौ भनेर हामी अगाडी बढेका छौ सक्षम पनि छ एक्टिभ पनि छ । साथीहरुले मैले गरेका कामहरुलाई आज यसो गरौ है भन्दा नो भनेर कसैले भन्नुहुन्न । डाक्टरहरुले पनि यो केश फ्रिमा गर्नुपर्छ है भनेर भन्यो भने उहाँहरुले साथ दिईरहनु भएको अवस्था छ । 

नेपालका विभिन्न ठाउँका दुर दराजमा बस्नेहरु स्थिती एकदमै नाजुक छ शहरमा त भनेको बेला औषधी उपचार गर्ने सकेको अवस्था छैन । जस्तै सुगम ठाउँमा अस्पताल निर्माण गर्नुभएको छ । यो ग्रिनसिटीले दुर्गम ठाँउका लागि केही सोच बनाएको छ कि छैन ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, यो दुर्गमका लागि  सबैभन्दा ठुलो कुरा चाँही के छ भने नेपाल सरकारको पोलिसी मै जानुपर्छ । हामीले चाहेर पनि केही गर्न सक्दैनौ, दुर्गममा जब एमबिबिएस पास गरेर आउने डाक्टरलाई  पहिले कम्तिमा २ वर्षसम्म दुर्गममा काम गराएर मात्रै सुगम प्रवेश गराउने प्रक्रिया नेपाल सरकारले गरिदियो भने त्यतीखेर मात्र दुर्गमले सेवा पाउन सक्छ । 

अहिले सबैले चाइना, बंगलादेश अथवा नेपाल जहाँबाटै प्रोडक्ट भएपनि तीनीहरुले सुगम ठाउँमात्रै खोज्छन् । दुर्गममा गएर काम गर्न कोही पनि मन पराउँदैनन् । त्यसको लागि हामीले जति लगानी गरे पनि सफल हुन सक्दैनौ । त्यसको लागि राज्यले कम्तीमा पनि २ वर्षसम्म दुर्गम ठाँउमा काम गरेको सर्टिफिकेट नभएसम्म प्रमोशन र सुबिधाहरुलाई  राज्यले नै रोक्न सक्नुपर्छ । अहिले दुर्गममा गएर हामीले अस्पताल खोलौँ भन्ने हो भने दुर्गममा डाक्टर नै जाँदैन् । डाक्टर नभएपछि अस्पताल कसरी चलाउने त्यो एकदमै ठुलो समस्या चाँही छ । 

ग्रिनसिटीले स्वास्थ्य शिविरहरु चलाएको अवस्था के छ ?

हामीले यसको रेकर्ड नै हेर्यो भने पनि हाम्रो प्रशासनमा गएर हेर्न सकिन्छ । मलाई लाग्छ सबैभन्दा बढी स्वास्थ्य शिविरहरु ग्रिनसिटीले नै सञ्चालन गरेको छ । नुवाकोट, धादिङ, रसुवा, लमजुङ अनि टोखा एरिया, मनमैजु एरियामा प्रायजसो हामीले गरिरहेका छौ । विभिन्न कलेज, स्कुलहरुमा पनि  शिविरहरु सञ्चालन गदै आएका छौ । अब हामी अष्ट्रेलियाको एनआरएनको टिमसँग दैलेखमा वैशाख ४ गतेदेखि ७ दिनको शिवीर लिएर यो हस्पीटलको टिम पठाउँदैछौ । महिलाहरुको पाठेघर सँग सम्बन्धित केशहरु ह्न्छ, त्यो केशहरुलाई तुरुन्तै शिविरमा नै अप्रेशन गर्ने गरि हामीले कार्यक्रम राखेका छौँ । 

तपाईहरुको भावी योजनाहरु के के छन् ?

यसलाई नेपालकै एउटा नमुना हस्पिटलको रुपमा बनाउन हामीले प्रतिबद्धता गरेका छौ । देश र विदेशमा बस्ने साथीहरुसँग छलफल भईरहेको छ । मैले नेपालको एउटा राम्रो र सुविधा सम्पन्न अस्पताल जहाँ  औषधी उपचार गर्न नसकेर यहाँबाट भारत तथा अन्य मुलुकमा जाने पैसालाई नेपालमा नै रोक्नुपर्छ, कार्यदक्षता भएका मान्छेहरु नेपालमा छन् । 

“मान्छेहरुलाई चिन्ने व्यवहार गरेर सुनलाई चिन्ने कसी लगाएर” त्यसको लागि पहिला त आफूले देशमा पहिले जो बिरामी हुन्छ देशका ठुला नेताहरुलाई सबभन्दा पहिले नेपालमा नै सेवा हुन्छ नेपालमा नहुने भनेको सेवा केही पनि छैन भन्ने कुरामा बिस्वास हुनुपर्यो । नेपाली डाक्टरहरुले देश विदेशमा  गएर नाम कमाएका छन् । त्यस्तै खालका डाक्टरहरु नेपालमा पनि छन् , कार्डियोमा कार्डियो सर्जरी डाक्टर अनिल भट्राईको उदाहरण लिन सकिन्छ । विश्वका १० जना मध्ये एक जना डाक्टर उहाँ पनि हो । उहाँले यति राम्रो सर्जरी गर्नुहुन्छ ४५ मिनेटमा ओपन हर्ट बाइपास सर्जरी गर्न सक्नुहुन्छ  । उहाँ जस्तै यहाँ अरु पनि सक्षम डाक्टरहरु हुनुहन्छ । स्पान्युल, न्युरो, गाइनो, कार्डियो सर्जन डाक्टर विभिन्न विधाका डाक्टरहरुले राम्रो तरिकाले सेवा दिईरहनुभएको छ । 

हामीले सबैभन्दा पहिले नेपालमै भएका डाक्टरलाई विश्वास गर्ने बाटो बसाल्याँे भने यो देशलाई अगाडी बढाउन सबै तिरबाट सहयोग चाँहिन्छ । तर विशेष गरेर नेपाल सरकारमा रहेका जिम्मेवार र राजनितिक दलका प्रतिनिधीहरुको विशेष भूमिका रहन्छ । 

स्वास्थ क्षेत्रमा भएका राज्यका नितिलाई कसरी लिनुभएको छ ? 

नितीको कुनै टुङगो नै छैन् । जति बेला अफ्ठयारो पर्यो त्यतीखेर माईनोटिङ गर्ने, व्याबिनेटमा निर्णय गर्ने परम्परा छ, यो मुलुकको लागि दुर्भाग्य हो । आज एउटाले गर्यो भोली अर्को मन्त्री आएपछि त्यो चेन्ज हुन्छ । मेरो विचारमा कानुन सबैलाई हुने खालको बनाउनुपरर्यो । 

कानुन फितलो देखिरहेको छु । कानुन भन्ने कुरा एकपटक बनिसकेपछि जो आएपनि परिवर्तन नहुने खालको हुनपर्यो त्यो पो बल्ल देशको विकाश हो त । आफूलाई सजिलो पार्ने मात्र कानुन बनाएर हुन्छ र ?  त्यसले गर्दा  आफूलाई सजिलो पर्ने गरेर कसैले पनि काम गर्नुहुँदैन । मैले पनि मलाई सजिलो हुने गरी कुनै पनि यो संस्थामा नियम कानुन बनाएको छु जस्तो मलाई लाग्दैन । किनभने हामी पनि एउटा दायरामा छौ । हामी जसरी एउटा प्राईभेट सेक्टरमा काम गछौ सरकारमा बस्ने मन्त्रीज्युहरुले पनि अलिकति कानुनको दायरमा बसेर काम गरिदिनु भयो भने धेरै राम्रो हुने थियो  ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

स्वास्थ क्षेत्रमा मैले प्रवेश गरँ, म आफू नन टेक्निकल ब्यक्ति एउटा कर्मश पढेको मान्छे एउटा विजनेश गरेको मान्छे विशुद्ध नयाँ क्षेत्र भित्र प्रवेश गरेको छु । मैले प्रवेश गरेको ठाँउमा लोक बहादुर टण्डनले यस्तो चलाएर नी चल्छ र भनेर भन्ने गरेको पनि सुनेको थिएँ । तर आज लोक बहादुर टण्डन भएन भने हस्पििटल चल्दैन भन्ने कुरा मैले सुनेको छु । मैले गरेका कामहरुप्रति म सन्तुष्टि छु । काम साने ठुलो हुँदैन, काम जे गरेपनि हुन्छ । तर लगनशिलता, मेहनत र इमान्दार साथ गर्नुपर्छ । सम्पूर्ण साथीभाई इष्टमित्रलाई के भन्न चाहान्छु भने इमानदारितालाई कायम गर्न जानियो भने अवश्य पनि आफ्नो गन्त्वयमा पुग्न सकिन्छ । 

म गरिब हुँ भन्दैमा उसको निधारमा देखिँदैन । उहाँलाई हामीले नाप्ने यन्त्र भनेको गाविसबाट सिफारिस बनाएर जिल्लामा जिल्ला जनस्वास्थबाट सिडिओको माध्यम हुँदै त्यहाँबाट चिठी बनाएर यदि ग्रिनसिटी हस्पिटल सम्म आइपुग्यो भने फ्रि उपचार हुन्छ । 

(source: chetananews.com)

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956