How Can We Help?

+977-1-4981133

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले दिए ओखलढुँगा निवासी धमलालाई पूर्नःजन्म


Dr. Anil Bhattarai

 

धमलाको निःशुल्क मुटु शल्यक्रिया सम्पन्न
काठमाडौं, १४ जेठ । सेभ द हार्ट, नेपाल कार्डियो लाजिम्पाट र ग्रिनसीटी अस्पतालको संयुक्त सहयोगमा ओखलढुँगा निवासी कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया सम्पन्न भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले आफूले ओखलढुँगा जिल्लास्थित् कुन्तादेवी गाविस वडा नं २ स्थायी घर भई हाल रोजगारीको सिलसिलामा काठमाडौंमा बस्दै आएका मुटुरोगी धमलाको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिए । धमलाको शल्यक्रिया डा. भट्टराईको नेतृत्वमा डा. रन्जन सापकोटा, डा. विभुष श्रेष्ठ, डा. आशिष अमात्यको टोलीले गरेको थियो ।

उनले भने, “उहाँ अत्यन्तै पीडित, गरिव तथा विपन्न वर्गको व्यक्ति, दैनिकी चलाउन ज्यालादारी मजदुरी गर्ने मान्छेलाई यो उपचार असम्भव थियो, यस्तो अवस्थामा हामीले अत्यन्तै सेवा भावका साथ उहाँको निःशुल्क शल्यक्रिया गरेका छौं, यसमा हामीलाई निकै खुशी लागेको छ ।”
मुटुरोगी धमलाको जन्मजात मुटुमा प्वाल एवम् पीएपीभिसी अर्थात् फोक्सोबाट मुटुमा आउने नलीहरु उल्टो जोडिने समस्या देखिएको थियो । नेपालको ईतिहासमा डा. भट्टराईले आफूले उक्त रोगको उपचार पहिलोपटक मिनिमल ईन्भ्याजिव सर्जरी (सानो घाउबाट ओपन हार्ट सर्जरी) मार्फत सम्पन्न गरेको दाबी गरे ।

Dr. Bhattarai with patient

डा.भट्टराईले आफूहरुले उक्त अभियान सेभ द हार्टको स्थापनासँगै थालनी गरेको उल्लेख गर्दै गरिब, असहाय, विपन्न र दिनदुखीहरुको सेवा गर्न पाउँदा आफूलाई निकै गर्वको महशुस भएको बताए । यसअघि पनि आफूले १६ जना विरामीको निःशुल्क शल्यक्रिया गरिसकेको उनले जानकारी दिए ।

सेभ द हार्टको विशेष पहलमा देशका विभिन्न विगट जिल्लामा पुगी निःशुल्क मुटु शिविर सञ्चालन गर्दै आएका डा. भट्टराई आफू यो अभियानलाई देशव्यापी रुपमा लैजाने तयारीमा रहेको बताउँछन् ।

सेभ द हार्टका सचिव एवम् समाजसेवी शेरबहादुर रानाले धमलाको सफल शल्यक्रिया सम्पन्न गराउन सफल भएकोमा गर्व महशुस गरे । सचिव रानाका अनुसार धमला उक्त समस्याबाट ग्रसित रहेको र उपचार गर्न नसक्ने रहेको कुरा बैशाख २९ गतेको कान्तिपुर दैनिक मार्पmत थाहा पाएको जानकारी दिए ।

Biramii

रानाले उक्त समाचार हेरिसकेपछि आफूले विरामीलाई सम्पर्क गरेको उल्लेख गर्दै विरामीको सफल शल्यक्रिया भएकोमा खुशी व्यक्त गरे । सेभ द हार्ट मुटुरोगीहरुको सेवाका लागि सहयोगी हात बन्दै आएको बताउँदै रानाले भने, “हामी आगामी दिनमा समेत यस्तै सेवा भावका साथ असहाय, गरिव तथा विपन्न विरामीहरुको सेवामा लागिरहनेछौं, ”

कार्यक्रममा ग्रिनसीटि अस्पतालका अध्यक्ष लोक बहादुर टण्डले सेभ द हार्ट र ग्रिनसीटिको संयुक्त पहलमा धमलाको सफल शल्यक्रिया भएकोमा खुशी व्यक्त गरे । धमलाको शल्यक्रिया ग्रिनसीटि अस्पतालमा भएको उनले जानकारी दिए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मावन कल्याणकारी कार्यमा र मुटुरोगीहरुको सेवाका लागि डा. भट्टराई सञ्विनी, वरदान र भगवान भएको भन्दै खुलेरै प्रशंसा गरे । त्यस्तै धमलाले ग्रिनसीटि अस्पतालले उक्त कार्य गरेर पूण्य कमाउने काम गरेकोमा सम्रग टिम बधाईको पात्र भएको भन्दै धन्यवाद दिए ।

विरामी कमल धमलाले आफूले नयाँ जीवन पाएको भन्दै निःशुल्क शल्यक्रिया गरिदिएकोमा बरिष्ठ मुटुरोग विशेष डा. भट्टराईलाई आफूले भगवानको रुपमा लिएको बताए ।

विरामी धमलाले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको साथ र सहयोग नभएको भए आज उपचार सम्भव नहुने भन्दै अध्यक्ष धमलाप्रति आफू सँधै आभारी रहने व्यक्त गरे । उनले भने, “ऋषि दाई नभएको भए मेरो उपचार सम्भव थिएन, मैले त करिब करिब आशा नै मारेको थिएँ तर उहाँले न आत्तिनुहोस म तपाईको उपचार गराएरै छाड्छु भनेर आश्वासन दिनुभएको थियो, नभन्दै उहाँले डा. अनिलसँग भेट गराएर शल्यक्रिया गर्ने वातावरण बनाईदिनुभयो, मेरो लागि ऋषि दाई भगवान हो, म उहाँको गुण कहिल्यैपनि तिर्न सक्दिन् ।”

उनले आफ्नो व्यक्तिगत पहलमा उक्त उपचार सम्भव नै नभएकोले आश मारेको उल्लेख गर्दै उपचारमा सहयोग पुर्याउने संस्थाहरुसँग सँधै आभारी र ऋणि रहेको बताए ।
Dr. Anil Bhattarai

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956