How Can We Help?

+977-1-4981133

नेपालमा पहिलो पटक काखीमुनीबाट सानो प्वाल पारी ओपन हर्ट र्सजरी


काठमाडौ । नेपालमा पहिलो पटक काखीमुनी सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापर्ुबक सम्पन्न भएको छ ।  बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा भएको अप्रेशन बरिष्ठ कार्डियो र्सजन डा अनिल भट्र्राईले गर्नुभएको हो । डा  भटर्राईको नेतृत्वमा  धादिङ जिल्ला ज्यामरुन गाबिस १ लाभास्थान निबासी  १६ बषर्ीया श्रीषा कार्कीको  काखीबाट भएको ओपन हर्ट र्सजरी पछि उनको मुटुमा रहेको समस्या समाधान भएको छ । उनको मुटुमा प्वाल परेको कारण केही समय देखि श्वास प्रशवासमै अफ्यारो भएको थियो । 
नेपालमा छाती र बे्रसको तलबाट ओपन हर्ट र्सजरी हुने गरेको तर यसपटक ग्रीनसिटी अस्पतालमा पहिलो पटक  काखीमा सानो प्वाल पारी गरिएको ओपन हर्ट र्सजरी  उदाहरणीय भएको छ ।  बिगतमा पनि उदाहरणीय सेवा गर्दे आएको अस्पतालले यस्तो खालको अप्रेशन सम्पन्न गरेपछि आम सचेत नागरिकहरुको ग्रीनसिटी अस्पताललाई निकै सकारात्मक रुपले हर्ेन थालेका छन । अप्रे्शनमा डा भटर्राईका साथमा  रञ्जन सापकोटा, डा बिश्वास प्रधान र डा आशिष अमात्य हुनुहुन्थ्यो । 
काखीमुनीबाट मुटुको अप्रेशन सम्पन्न भएपछि बरिष्ठ कार्डियो र्सजन डा भटर्राईले काखीमुनीबाट सानो प्वाल पारी  युरोप, अमेरिकामा पनि भर्खरै मात्रै शुरु भएको अप्रेशन  नेपालमा पनि पहिलो पटक आफुुले सफलतापर्ुबक सम्पन्न गरेकोमा अत्यन्तै खुशीको अनुभुति गर्नुभएको छ । उहांले मुटुको अप्रेशनका लागि बर्षोनी   नेपालीको ठुलो संख्या बिदेश जाने गरेको र अरबौ रुपिया बिदशिनेे गरेको कारण मुटुको शल्यक्रिया नेपालमै नया प्रबिधिबाट बिदेशमा भन्दा सुलभ रुपमा हुने भएकोले मुटुको शल्यक्रिया नेपालमै गर्न गराउन  बिशेष आग्रह पनि गर्नुभएको छ । 
नेपालमै पहिलो पटक काखीमुनीबाट ओपन हर्ट र्सजरी सफलतापर्ुबक सम्पन्न भएको भोलि पल्टै  अस्पतालले सो अप्रेशन शुल्क नलिने  निर्ण्र्ाा गरेको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी गराउनुभएको छ ।
सो अप्रेशनका लागि सेभ द हार्ट नामक सस्थाले पनि आर्थिक सहयोग गरेको भन्दै अध्यक्ष टण्डनले नेपालमा पहिलो पटक आपनो अस्पताल मार्फ यस्तो सेबा उपलब्ध गराउन निकै चुनौतिपर्ुण्ा भएपनि डा भट्र्राई जस्ता सक्षम अनुभबी चिकित्सक समेतको टीमले गर्दा सहज रुपमा सफलता मिलेको र आगामी दिनमा पनि सहज रुपमा नै काखी मुनी त्यो पनि सानो प्वाल पारेर मुटुको अप्रेशन गर्न सकिन्छ भन्ने  सिगो अस्पताललाई थप  आत्मबिश्वास बढेको उल्लेख गर्नुभएको छ । 
उहाले नेपालमै यति सहज र र्सबसुलभ रुपमा ओपन हर्ट र्सजरी हुन्छ भने कोही पनि बिदेश गएर ठुलो धनराशी खर्च गर्न नहुने कुरामा जोड दिनुभएको छ । बिदेशमा जादा भाषाको मात्र होइन अन्य आर्थिक लगायत बिबिध समस्याको सामना गर्नुपर्ने हुन्छ यर्सथ नेपाली माटोमै समाधान हुने समस्याका लागि बिदेश जाने काम कसैले गर्नुहुदेैन भन्ने कुरामा अध्यक्ष टण्डनको जोड रहेको छ । 
 यस अघि ओखलढुंगाका कमल धमलाको पनि  ओपन हर्ट र्सजरी निशुल्क गरिएको थियो । धमला अति गरीबीको रेखामुनी भएको र उनको अपे्रशन नभए बाच्न नसक्ने अबस्था भएको जानकारी पाएपछि अस्पताललैे सेभ द हार्टको समेतको  आर्थिक सहयोगमा  निशुल्क अप्रेशन  गरेको हो । स्मरणीय छ , एक जना नागरिकको मुटुको अप्रेशनका लागि नेपालमा करीब ४ लाख लाग्छ भने भारतमा ६ लाख भारु लाग्ने गरेको छ  भन्दै अस्पतालले नेपालको अर्थतन्त्रलाई पनि सहयोग हुने गरी नेपालमै हुन सक्ने कामका लागि बिदेश नजान पनि आम नागरिक समक्ष  आहृवान गरेको छ ।  
डा भट्र्राईकै नेतृत्वमा ग्रीन सिटी अस्पतालमै    ६ महिना भित्र १८जनाको ओपन हर्ट र्सजरी  सम्पन्न भैससकेको छ ।  अस्पतालले स्वास्थ्य क्षेत्रमा नयां नयां टेक्नोलोजी भित्रयाएर बिगत चार बर्षदेखि मानबीय सेबा भाबलाई ध्यानमा राखी केही समय अघि १३ बर्षसम्म मलद्धार बिना जीबन मरणको दोषाधमा रहेकी बालिका  ओखलढुंगाकी १३ बषर्ीया लीला बिक र ९ महिनाकी लोकमाया सुनुवारको पनि निशुल्क अप्रेशन गरेको मेडिकल डाइरेक्टर डा रोमियो कंशाकारले जानकारी गराउनुभएको छ । 
नेपालमा काखीमुनीबाट  पहिलो पटक  अप्रेशन सम्पन्न गराउने सुचिमा आफु परेकोमा श्रीषा कार्कीले आफुलाई भाग्यमानी सम्झेको बताएकी छिन भने उनका पिता भरत कार्कीले छोरीको अप्रेशन जसरी पनि सम्पन्न गर्ने अठोट गरेको भएपनि कसरी आर्थिक ब्यबस्थापन  गर्ने होला भन्ने भैरहेको  थियो तर जब अप्रेशन सम्पन्न भएको भोलिपल्ट अस्पतालले निशुल्क गर्ने भनर्ेपर्र्छित यति खुशी लाग्यो त्यसको कुनै सीमा नै रहेन भनेका छन । 
ग्रिनसिटी अस्पताल परिबारले प्रत्येक हप्ता बागमति सफाइ अभियानमा संलग्न रहेको कारण त्यहांबाट अशक्त अपांगता भएका गरीब परिबारका  सदस्यहरुलाई अस्पतालले निशुल्क उपचार गर्ने गरेको र आगामी दिनमा पनि  शिक्षा र स्वास्थ्य क्षेत्रलाई जसरी ब्यापारिकरण गर्न  खोजेको आरोप लाग्ने गरेको छ त्यो आरोपलाई चिर्ने गरी यस अस्पतालले स्वास्थ्य क्षेत्रलाई सेबाको रुपमा लिने गरी उदाहरणीय बनाउने योजना बनाएको छ । 
नयां प्रबिधिले सम्पन्न र र्सबसुलभ एवं हरेक दृष्टिले प्रभाबकारी अस्पतालको रुपमा बिकास गर्ने उद्धेश्यले एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल , मोहन ज्ञवाली , रामप्रसाद खनाल सहित बिभिन्न देशमा रहनुभएका महानुभाबहरुले ठुलो मात्रामा शेयर लगानी गर्ने गरी निर्ण्र्ाागर्नुभएको छ । सो निर्ण्र्ााअनुसार भएको शेयरबाट यहि ठाउंमा जग्गा खरीद पनि गरिसकिएको बताइएको छ । 
केही दिन अघि अप्रेशन पश्चात श्रीषा कार्की स्वस्थ भैसकेकी छिन भने नेपालमै पहिलो पटक काखीमुनीबाट   त्यो असाध्य सानो प्वाल पारेर अप्रेशन सम्पन्न गरेकोमा अस्पतालले  एक बिशेष कार्यक्रमको आयोजना गरी डा अनिल भट्र्राईलाई अभिनन्दन गरिएको थियो ।

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956