How Can We Help?

+977-1-4981133

ग्रिनसिटीमा छाति नचिरेरै मुटुको जटिल शल्यक्रिया, ४ लाखको उपचार निःशुल्क


Kamal Dhamala

१७ जेठ, काठमाडौ । धापासीस्थित गि्रनसिटी अस्पतालले मुटुमा जटिल समस्या भएका एक बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ । जन्मजातै मुटुमा प्वाल भएका ३४ वर्षीय कमल धमलाले निःशुल्क उपचार पाएका हुन् ।

यस प्रकारको शल्यक्रियालाई ‘मिनिमल्ली इनभ्यासिभ कार्डियाक सर्जरी’ भनिन्छ । डा. अनिल भट्टराई नेतृत्वको टिमले कमलको मुटु छेउ रहेको दुईवटा करङको बीच प्वाल बनाई शल्यक्रिया गरेको हो ।

मुटुमा प्वाल हुनुका साथै कमलको अर्को समस्या पनि थियो । दाहिने फोक्सोबाट आउने सफा रगत बोक्ने नली देब्रेतर्फ खुल्नपर्नेमा उनको दाहिनेमै खुलेको थियो । यो धेरै कम मानिसमा देखिन्छ । यसलाई चिकित्सकीय भाषामा पार्सियल एनोमेलस पल्मोनरी भेनोस कनेक्सन (पिएपिभिसी) भनिन्छ ।

त्यसै पनि मुटुको शल्यक्रिया जटिल हुन्छ, यो समस्याले उनमा अझै जटिलता थपेको थियो । ‘यस्तो केसमा सानो प्वाल पारेर शल्यक्रिया गरिएको नेपालमै पहिलोपटक हो,’ डा. भट्टराईले भने ।

यस पद्धतिद्वारा अपरेशन गर्दा विरामीको छाति चिर्नु पर्दैन । मुटुको दाहिने तर्फको दुई करङको बीचमा ४ देखि ६ सेन्टिमिटर सम्मको सानो प्वाल बनाएर अपरेशन गर्न सकिन्छ । यसरी अपरेशन गर्दा विरामीलाई कम क्षति पुग्ने तथा उनीहरु सामान्य व्यक्तिसरह छिट्टै हिँडडुल गर्न सक्न् हुन्छ ।

डा भट्टराईको टिमले शल्यक्रियाको दौरान उनको मुटुमा भएको प्वाललाई छोप्नुका साथै मुटुको दायातर्फ भएको नशाको भागलाई छोपेर त्यसलाई बायातर्फ सारेका थिए ।

अस्पतालका अनुसार नेपालमा यस प्रकारको शल्यक्रिया गर्न तीन लाखदेखि चार लाख रुपैयाँ लाग्ने गर्छ । भारतमा यही अपरेशन गर्दा दश लाख भारु भन्दा बढी खर्च हुने अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । सेफ द हार्ट, नेसनल हार्ट सेन्टर र अस्पताल स्वयम्को सहयोगमा निशुल्क शल्यक्रिया गरिएको हो ।

ओखलडुङ्गा, कुन्ता गाविस- २ घर भई हाल काठमाडौंमा मजदुरी गर्दै आएका मुटुरोगी धमलाले निःशुल्क उपचार पाएका हुन् । उनले अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।

‘म जस्तो दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नुपर्ने मान्छेले त्यत्रो पैसा तिर्न सक्ने अवस्था थिएन,’ अस्पतालको शैयाबाट भर्खरै उठेका धमलाले आफ्नो भावना पोखे, ‘अस्पतालले पत्रिकामा छापिएको समाचारको भरमा मलाई बोलाएर निःशुल्क उपचार गरिदिएकोमा म धन्य भएको छु । मैले नयाँ जीवन पाएको छु ।’

अस्पतालले कमल जस्तै विपन्न परिवारमा जेन्मेका नुवाकोट, बागेश्वरी गाविस निवासी सुजन तामाङको पनि यसै साता निःशुल्क शल्यक्रिया गरिएको जनाएको छ । १२ वर्षीय सुजन जन्मजात नशाको रोगबाट पीडित थिए । उनको ढाडमा ट्युमर थियो । उनी दिशा, पिसाब चुहिने समस्याबाट ग्रस्त थिए ।

एउटा दैनिक पत्रिकामा उनको समाचार आएपछि गि्रनसिटी अस्पतालले शल्यक्रिया गर्ने तत्परता देखाएको हो । डा. माया भट्टचन नेतृत्वको टिमले उनको शल्यक्रिया गरेको थियो ।

शल्यक्रियाका दौरान लाग्ने सम्पूर्ण खर्च अस्पताल लगायत सहायक संस्थाले व्यहोरेका छन् । शल्यक्रिया पश्चात सुजनको हालतमा सुधार आएको छ भने उनकी आमा देवकी तामाङ अस्पतालले गरेको सहयोगलाई लिएर निकै खुशी छिन् ।

यसरी विपन्न वर्गका विरामीलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन बताउँछन् । खासगरी एनआरएन (गैरआवासीय नेपाली) को सहयोगमा नयाँ-नयाँ प्रविधिमार्फत विरामीको सेवा गर्न पाएकोमा आफू गौरवान्वित भएको उनको भनाइ छ ।

निर्देशक टण्डनले पत्रकार सम्मलेनमा भने, ‘गैरआवासीय नेपालीको सहयोगमा हामीले नयाँ नयाँ प्रविधि नेपाल भित्र्याइरहेको अवस्थामा अब नेपालीले गुणस्तरीय उपचारका लागि बाहिर जानु पर्दैन ।’

अस्पतालले यही असार २२ गते आङ खस्ने समस्याबाट पीडित सय जना महिलाको निशुल्क उपचार तथा शल्यक्रिया गर्ने भएको छ । कार्यक्रममा ग्रिनसिटी अस्पतालले काठमाडौको महाराजगञ्जमा अवस्थित समाजका लागि युवा एक्यवद्धता नामक संस्थालाई एउटा एम्बुलेस हस्तान्तरण गरेको छ ।

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956