How Can We Help?

+977-1-4981133

नेपालमा पहिलो पटक भयो काखीमुनीबाट मुटुको अप्रेसन


काठमाडौं, १२ साउन–नेपालमा पहिलो पटक काखीमुनी सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएको छ ।  बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा भएको अप्रेशन बरिष्ठ कार्डियो सर्जन डा अनिल भट्राईले गर्नुभएको हो । डा  भटराईको नेतृत्वमा  धादिङ जिल्ला ज्यामरुन गाबिस १ लाभास्थान निबासी  १६ बर्षीया श्रीषा कार्कीको  काखीबाट भएको ओपन हर्ट सर्जरी पछि उनको मुटुमा रहेको समस्या समाधान भएको छ । उनको मुटुमा प्वाल परेको कारण केही समय देखि श्वास प्रश्वासमै अप्ठ्यारो भएको थियो । 


अप्रेशन पश्चात बुधबार अस्पतालमै आयोजित बिशेष कार्यक्रममा डा भटराईलाई अभिनन्दन गरिएको छ । पुर्ब प्रधानमन्त्री एबं नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा भटराईलाई सम्मान गर्दे ग्रीनसिटी अस्पतालले सरकारी अस्पताललाई चुनौति दिदै नमुनाको रुपमा काम गरेको उल्लेख गर्नुभएको छ ।
उहाले अब राजनीति  प्रसंग पनि जोडदै ससदमा रहेका सबै जिम्मेबार राजनीतिक दलबीच नया एकता कायम गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रमका बिशेष अतिथि नेपाली काग्रेसका नेता डा रामशरण महत , नेकपा एमालेका नेता लालबाबु पण्डित , सभासद बहादुर सिह लामा , बरिष्ठ पत्रकार टंक पन्त, मदनकृष्ण श्रेष्ठ , अनुराधा कोइराला लगायतले अस्पतालले गरेको सेबाभाब र  ऐतिहासिक कार्यले आगामी दिनमा जस्तोसुकै रोग लागेपनि बिदेश जान नपर्ने सन्देश दिएको बताउनुभएको छ । 


अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको अध्यक्षतामा भएको बिशेष समारोमा श्रीषा कार्की र कमल धमलालाई मायाको चिनो प्रदान गरिएको थियो । नेपालमा छाती तलबाट ओपन हर्ट सर्जरी हुने गरेको तर यसपटक ग्रीनसिटी अस्पतालमा पहिलो पटक  काखीमा सानो प्वाल पारी गरिएको ओपन हर्ट सर्जरी  उदाहरणीय भएको छ । डा भटराईका साथमा  रञ्जन सापकोटा, डा बिश्वास प्रधान र डा आशिष अमात्य हुनुहुन्थ्यो । 


काखीमुनीबाट मुटुको अप्रेशन सम्पन्न भएपछि बरिष्ठ कार्डियो सर्जन डा भटराईले काखीमुनीबाट सानो प्वाल पारी  युरोप, अमेरिकामा पनि भर्खरै मात्रै शुरु भएको अप्रेशन  नेपालमा पनि पहिलो पटक आफुुले सफलतापुर्बक सम्पन्न गरेकोमा अत्यन्तै खुशीको अनुभुति गर्नुभएको छ । उहांले मुटुको अप्रेशनका लागि बर्षेनी   नेपालीको ठुलो संख्या बिदेश जाने गरेको र अरबौ रुपिया बिदशिने गरेको कारण मुटुको शल्यक्रिया नेपालमै नयां प्रबिधिबाट बिदेशमा भन्दा सुलभ रुपमा हुने भएकोले मुटुको शल्यक्रिया नेपालमै गर्न गराउन  बिशेष आग्रह पनि गर्नुभएको छ । 


नेपालमै पहिलो पटक काखीमुनीबाट ओपन हर्ट सर्जरी सफलतापुर्बक सम्पन्न भएकोले  अस्पतालले सो अप्रेशन शुल्क नलिने  निर्णय  गरेको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी गराउनुभएको छ । सो अप्रेशनका लागि सेभ द हार्ट नामक सस्थाले पनि आर्थिक सहयोग गरेको भन्दै अध्यक्ष टण्डनले नेपालमा पहिलो पटक आपनो अस्पताल मार्फत यस्तो सेबा उपलब्ध गराउन निकै चुनौतिपुर्ण भएपनि डा भट्राई जस्ता सक्षम अनुभबी चिकित्सक समेतको टीमले गर्दा सहज रुपमा सफलता मिलेको र आगामी दिनमा पनि सहज रुपमा नै काखी मुनी त्यो पनि सानो प्वाल पारेर मुटुको अप्रेशन गर्न सकिन्छ भन्ने  सिगो अस्पतालको आत्मबिश्वास बढेको उल्लेख गर्नुभएको छ । उहाले नेपालमै यति सहज र सर्बसुलभ रुपमा ओपन हर्ट सर्जरी हुन्छ भने कोही पनि बिदेश गएर ठुलो धनराशी खर्च गर्न नहुने कुरामा जोड दिनुभएको छ । बिदेशमा जादा भाषाको मात्र होइन अन्य आर्थिक लगायत बिबिध समस्याको समाना गर्नुपर्ने हुन्छ यसर्थ नेपाली माटोमै समाधान हुने समस्याका लागि बिदेश जाने काम कसैले गर्नुहुदेैन भन्ने कुरामा अध्यक्ष टण्डनको जोड रहेको छ । 

 

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956