How Can We Help?

+977-1-4981133

ग्रीनसिटी अस्पतालको अध्यक्षमा पुन: टण्डन


 

नेपाली हेल्थ /काठमाडौँ – बसुन्धरामा रहेको ग्रीनसिटी अस्पतालको नेतृत्व पुन : लोकबहादुर टण्डनले सम्हाल्ने भएका छन् । उनी स्थापनाकाल देखिनै सो अस्पतालको अध्यक्ष हुन् । अस्पतालको सोमबार सम्पन्न चौँथो बार्षिक साधारण सभाले पाँच सदस्यीय नयाँ सञ्चालक समितिको नेतृत्व गर्न टण्डनलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो । सो निर्णयसंगै टण्डनले आगामी चार बर्ष सम्मका लागि एक सय शैंयाको सो अस्पतालको नेतृत्व गर्ने छन् । त्यस्तै साधारण सभाले सदस्यहरुमा प्रदीपकुमार चौधरी, डा. रोमियो कंसाकार, कृष्णप्रसाद शेरचन र केदारनारायण मानन्धर सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । साधारणसभामा अध्यक्ष टण्डनले वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रमुख कार्यकारी अधिकृत डा. विष्णुप्रसाद गौतमले अस्पतालको कार्ययोजना बारेमा जानकारी दिएका थिए । यसैबीच नवनिर्वाचित अध्यक्ष टण्डनले ग्रीनसिटीलाई देशकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित गराउने लक्ष्य लिएको बताएका छन् । निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै अध्यक्ष टण्डनले अस्पतालले सो कार्यका लागि सेवा सुविधा विस्तारको कार्य थालनी गरिसकेको बताए । त्यसो त ग्रीनसिटी छोटो समयमा सेवा सुविधा विस्तार गर्ने तथा विपन्न तथा असाहायहरुको निशुल्क उपचार गर्ने अस्पतालको रुपमा स्थापित भइसकेको छ । 

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956