काठमाडौं अबस्थित चर्चित ग्रीनसिटी हस्पिटलमा गरीब दुखी र असहाय दश जना बिरामीको निशुल्क ओपेन हर्ट सर्जरी सम्पन्न ! अरु हस्पिटलले पनि केही सिकुन ग्रीनसिटी हस्पिटलबाट



गुल्मी, मेरो जन्म गाउँ, मेरो एउटै गाबिस हर्दिनेटा (हाल भने परिबर्तित) को अती मिल्ने, मुश्किलले मलाई तँ र मैले पनि तँ भन्ने १० जना भित्रको साथी लोक बहादुर टण्डन करिब दुई महिना अगाडि अमेरिका आयो । म सँग आयो, बस्यो, पुराना दिन हरु सम्झ्यो, सम्झायो, दु:ख सुखका कुरा गर्यो, म सँगै घुम्यो । उसले भन्यो - हेर साथी मैले त काठमाडौं मा ग्रीन सिटी हस्पिटल चलाएको छु, डक्टरहरुको टिम पनि असाध्यै राम्रो पाएको छु, संचालकहरुको टिम पनि त्यस्तै राम्रो छ । मैले उसलाई भनेँ - हस्पिटल को के कमी छ र काठमाडौं मा अहिले, बरु अरु केही काम गरेको भए हुन्थ्यो तैंले । उसले मलाई हातमा समात्यो र मेरो अफिस को कम्प्युटर कोठा तिर लग्यो अनी भन्यो ल कम्प्युटर खोल त ! मैले कम्प्युटर खोलेँ उसले ग्रीन सिटी हस्पितलको वेब साइट http://gch.com.np/homeगरेको महान कार्य देखेँ, १० जना गरीब असहायहरुको निशुल्क ओपेन हर्ट सर्जरी गरेको समाचार, फोटोहरु, पत्रकार सम्मेलनको फेहरिस्त पठाएको रहेछ - त्यो सबै हेर्दा मन अती खुशी भएर आयो । सोंचे लोक बहादुर बधाई छ भनेर फोन गरुँ कि तर मनले भन्यो भो यसलाई बधाई त दिनुपर्छ अली राम्रो सँग नै दिउँ भनेर कम्प्युटरमा बसेर यि पङ्ती टाइप गर्दैछु - । साथी लोक तँ र तेरो हस्पिटलको टिम, ति उदार मन भएका डक्टरहरुको टिम सबैलाई हृदय देखिनै धन्यवाद र बधाई । तिमीहरुले गरेको यो कार्य यति महान छ कि ति बिरामीहरुले दिएको आशिसले तिमीहरु सबैलाई अर्को सात जूनी सम्म कुनै महायज्ञ गरिरहनु पर्ने छैन । यत्ती भन्न मन लाग्यो आज ।
- रामप्रसाद खनाल, हाल अमेरिका
समाचार र फोटोहरु तल राखेको छु जस्ताको तस्तै :
लोक बहादुर केही दिन अघि म सँग व्हाइट हाउस अगाडि घुम्दै गर्दाको एक क्षण 


















