How Can We Help?

+977-1-4981133

काठमाडौमा हाल संचालन भईरहेको ग्रिनसिटी अस्पतालमा अमेरिकामा बस्दै आएका केही नेपाली मिलेर सामुहिक रुपमा लगानी गर्ने भएका छन्।


एनआरएन अध्यक्ष डा. पौडेलको समुहले नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्दै

टेक्सस (अमेरिका) – अमेरिकामा बस्दै आएका केही नेपाली मिलेर सामुहिक रुपमा नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्ने भएका छन्। 
 
काठमाडौमा हाल संचालन भईरहेको ग्रिनसिटी अस्पतालको केही हिस्सा लिई लिई उक्त समुहले लगानी अघि बढाएको हो। ‘हामीले नेपाल ओभरसिज इन्भेष्टमेण्ट कम्पनी बनाएर नेपालमा गर्दै छौं,’ लगानी प्रकृयामा सकृय गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले भने। 
 
अध्यक्ष डा. पौडेल उक्त कम्पनीका पनि अध्यक्ष हुन्। अस्पतालका लागि काठमाडौ वसुन्धरामा चार रोपनी भन्दा वढी जमिन किन्ने काम सकिएको उनले जानकारी दिए। 
स्वास्थ्य क्षेत्रमा लगानीलाई अझ व्यस्थित वनाउन आउने साता काठमाडौमा वैठक हुदैं छ। सोही कार्यको सिलसिलामा पौडेल सहित एनआरएन अमेरिका सल्लाहकार गौरी जोशी र सुनिल शाह यही सन्दर्भमा शुक्रवार नेपाल गएका छन्।  
 
‘नेपालमा बस्ने र यता (अमेरिका)का साथिहरुको संयुक्त लगानीमा हामीले स्वास्थ्य क्षेत्रमा बृहत लगानी गर्न खोजेका हौं,’ पौडेलले भने–‘ प्रारम्भिक चरणमा करिव एक अर्ब ५० करोड रुपैंया लगानी गर्ने योजना छ।’
 
                                       
                                         ग्रिनसिटी अस्पताल
 
अमेरिकावाट मात्रै आफ्नो समुहमा झण्डै २० जनाले लगानी गर्ने अग्रसरता देखाएका छन। 
 
‘हामी नेपालमा उच्च गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी अस्पताल खोल्ने योजनामा छौं जसले गर्दा उपचारका लागि भारत लगायत विदेश जानु नपरोस,’ पौडेलले भने। 
 
भारतका मेदान्त, एपोलो लगायतका अस्पतालमा पुग्ने विरामी मध्ये झण्डै ५० प्रतिशत नेपाली छन्। एनआरएन अमेरिकाका अध्यक्ष पौडेलले नेपालमा डाक्टर पढ्न सवैभन्दा राम्रो मानिएका महाराजगञ्ज क्याम्पसवाट एमवीवीएस गरेका हुन्। उनले ठुलो रकम उपचारका रुपमा विदेश जाने गरेकोमा उच्चस्तरीय सेवा नेपालमै दिने गरी अस्पताल सञ्चालनको योजना रहेको समेत बताए। 
 
केही महिना यता डा पौडेल लगायत साझेदारहरुले नेपाल र अमेरिकामा लगानी वारे छलफल गरिरहेका थिए। 
 
बिस्तारै अमेरिकामा वस्ने नेपाली समुदायले नेपालमा लगानी गर्ने क्रम पनि बढिरहेको छ। कोलोराडोका रेष्टुरेण्ट व्यवसायी लाक्पा शेर्पाले वियरमा लगानी गरेका छन्। उनको शेर्पा वियरले विस्तारै नेपालको बजार लिईरहेको छ। यसवाहेक अन्य व्यवसायीले पनि नेपालमा लगानी गरिरहेका छन्।

 

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956