काठमाडौँ, २२ पुस । ग्रीनसिटि अस्पतालद्धारा चार हजार विरामीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
ग्लोबल मेडिकल फाउण्डेशन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्यसेवा प्रदान गरेका हुन् ।
पुस १७ देखि २२ गतेसम्म काठमाडौँ उपत्यकाको भक्तपुर, नाला, टोखा, हात्तिगौँडा, काभ्रे , मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिएको डा. नवराज केसीले जानकारी दिनुभयो ।
अस्पतालले आज एक कार्यक्रम गरी अस्पतालका अध्यक्ष लोकबहादुर (एलबी) टण्डनले ग्रीनसिटी अस्पतालसँग सहकार्य गरेर निःशुल्क सेवा प्रदान गर्ने संस्था र डाक्टरहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले भन्नुभयो, “यति ठूलो संस्थासँग मिलेर गरिबलाई निःशुल्क सेवा प्रदान गर्न पाएकोमा हामी खुशी छौँ ।”
यसैगरी वाग्मती सरसफाईको क्रममा वेसहारा रहेका दृष्टिविहिन सुल्तान मुखियालाई अस्पतालमा ल्याएर उपचार गरेको अस्पतालले फेसबुकमार्फत आर्थिक सङ्कलन जुटाएर सहयोग गरेको छ ।
नेपालबाट वेलायत गएर बसेका लक्ष्मी कुवँर र हुमबहादुर कुँवरले पठाएको रु २० हजार र दुई थान ब्लाङ्केट दृष्टिविहिनलाई सहयोग गरेको हो ।

Melamchi camp


Hattigauda camp
Patan camp