How Can We Help?

+977-1-4981133

बिरामिको उपचारसँगै सडकको फोहर सफा गरेर नमुना बन्दै ग्रिनसिटि हस्पिटल


वातावरणलाई स्वस्छ र हराभरा राख्न हाम्रो वरपरको सरसफाईलाई ध्यान दिन पर्छ । फोहर जथाभावि नथुपारि उचित व्यावस्थापन गर्नपर्छ भनेर सिकाईन्छ । हरेकजसो सभा समारोह र गोगिटहरुमा सरोकारवालाहरु चर्को भाषण पनि गर्छन् तर उनीहरु रहेकै स्थान वरिपरिको फोहरको थुप्रो जम्मा भईरहेको हुन्छ ।

यस्तो अवस्था हाम्रो राजधानीका थुप्रै सार्वजनिक स्थल तथा मान्छेको चहलपह बढीहुने स्थानहरु त्यसमा पनि कतिपय अति संबेदनसिल स्थानहरुमा पनि कयौ दिनदेखि दुर्गन्ध फैलिरहेको हुन्छ । यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै राजधानीकै एक निजी अस्पताल केहि समयअघि देखि सडक सफाईमा जुटेको छ ।

काठमाण्डौको बसुन्धरामा अवस्थित पग्रनसिटि हस्पिटलको संयोजनमा चक्रपथ सफाईको आयोजना करिब ७ महिना अघिदेखि चक्रपथ सफाई अभियान जारी छ ।

चक्रपथमा बढ्दै गएको फोहर र दुर्गन्धका कारण मानिसको स्वास्थ्यमा पर्ने असर तथा सहर कुरुपतातर्फ जान नदिन सफाई अभियानको सुरुवात गरेको बताउछन् चक्रपथ सफाइ अभियानका सयोजक एवं गिनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डन ।

सफाई अभियान कसरी सुरु भयो त भन्ने जिज्ञासामा टण्डन भन्छन् , हस्पिटल भित्र हामि बिरामिको उपचार गछौ , सरसफाईका बारेमा जानकारी दिन्छौ तर बिरामि हस्पिटलको गेटबाट बाहिर निस्कदा नाक थुनेर हिड्नपर्ने अवस्था छ यसको अन्त्य गर्नकै लागि सडक सफाईमा जुटेका हौ ।

बिरामिको उपचार गर्नुमात्रै हस्पिटलको कार्य नभएको भन्दै टण्डनले बाहिरि वातावरण सफा राख्न सफाईलाई ध्यान दिन पर्ने भएकाले आफुहरुले अभियान चलाएको बताए ।

सफाई अभियान सुरु गर्दाको तितो अनुभव पनि यसरी सुनाए , हामिले चक्रपथमा फोहर थुप्रन थालेपछि सफाई अभियान सुरु गर्यो , सबैसँग छलफल गर्यो र सहभागी भईदिन आग्रह पनि गर्यो तर धेरैले कुरा काटे बागमति सफाई अभियानको सिको गर्न ,अस्पतालको नाम अगाडि ल्याउन यस्तो गरेका हुन् यो केहि हप्तापछि त्यसै तुहिन्छ ।

उनी भन्छ् ,यस्ता प्रतिक्रियाले अझै हामिलाई साहस दियो , प्रत्येक हप्ताको शनिवार सफाई गर्ने गर्यो बसुन्धरा क्षेत्रबाट सुरु भएको सफाई अभियान चक्रपथ भरी नै गर्ने योजनास्वरुप अगाडि बढ्दै जादा प्रत्येक हप्ता हाम्रो अभियानमा सहभागी हुनेको साथ पनि बढ्दै गयो ।

चक्रपथ सफाई अभियानका संयोजक तथा ग्रिनसिटि अस्पतालका अध्यक्ष लाेक बहादुर टण्डन आफै फोहर उठाउदै ।

चक्रपथ सफाई अन्तरगत अहिले सडक छेउछाउमा थुपारिएको फोहर उठाउने मात्र नभएर सडकका छेउछाउमा थुपारिएको माटो , बास तथा बिभिन्न सामग्री उठाउने र अन्यत्र ब्यावस्थापन गर्ने, सडक पखाल्ने , अनाधिकृत रुपमा सडक आसपास बनाईएको छाप्रा हदाउने लगायतका काम पनि भईरहेको छ ।

हिजो बिरोध गर्ने नै अहिले अभियानलाई समर्थन गर्दै सरसफाईमा सहभागी हुने गरेको पनि मिर्मिरेसँगको कुराकानीमा टण्डनले बताए । उनले भने हस्पिटलले बिरामिको उपचार गर्ने , भित्र सफा राख्ने काम गरेर मात्रै हुँदैन , अरु केहि गर्न नसकेपनि आफ्नो हस्पिटल परिसर सँगै छेउछाउ पनि सफा राख्नु आवश्यक छ ।


सफाई अभियानले हाल २१ औ हप्ता पार गरिसकेको छ ।सफाई अभियानबाट अहिले सम्म २ सय टन भन्दा बढी फोहर संकलन गरिसकेको  छ ।
संकलित फोहर लैजानका लागि काठमाडौ महानगरपालिका , टोखानगरपालिकाले सहयोग गरेको छ । प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुहहोटल ब्यबसायी संघ , हिमालयबाताबरण सस्था , पत्रकार कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको पनि सहभागिता हुने गरेको छ ।

सफाइ अभियानमा हालसम्म ६५०० अभियँता सहभागी भइसकेका छन्र । यस्तै आज बाट चक्रपथ सरसफ़ाईको साथसाथै चक्रपथ देखि गोंगबु बसपार्क सम्म भएका रूखहरूमा रंग लागाउने कार्य सुरु भएको छ ।


महाराजगंज नारायणगोपाल चोक देखि नयां बसपार्क सम्मको सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षाै देखि फालिएका हरेक फोहोरलाई    उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र पलास्टिक गुड्खा र सुर्तीजन्य फोहर फाल्न छाडेका छैनन ।


चक्रपथ भन्दा पनि टाढा टाढा बाट फोहर संकलनगर्न गर्ने गरिएको तर सोही क्षेत्रका नागरिक , पसललेले यत्रतत्रफोहर फाल्ने गरेको पाइएपछि सफाई अभियानताहरुको सहयोगमा प्रहरीले कारबाही पनि गर्न थालेको छ । कारबाही  प्रारंभ भएपछि फोहर फाल्नकमी त भएको छ तर लुकेर पुलमुनी र कुनाकानीफोहर फाल्ने घृेणित प्रबृत्तिअझै पनि रहेको छ ।

  

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956