How Can We Help?

+977-1-4981133

Health camp in Tarkeshwor


तारकेश्वर स्थित सञ्चालनमा रहेको चिल्डे«न हेराल्ड एकेडेमी (सिएचए)ले आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
ग्रिनसिटी अस्पतालको सहकार्यमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरबाट तारकेश्वर क्षेत्रका अधिकांश स्थानीयहरु लाभान्वित भएका छन् । स्वास्थ्य शिविर कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, विशेषज्ञ डाक्टर तथा स्वास्थ्य सम्बन्धी कार्यरत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तरगत पहिलो पटक स्वास्थ्य शिविर आयोजना गरेको हो ।

कमल ज्ञवाली, प्रिन्सिपल

विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवाली उक्त विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नु आफैंमा ठूलो उपलब्धि रहेको बताउनुभयो । सेतोघरसँगको कुराकानीमा शुभचिन्तक तथा सहकर्मीहरु, अस्पताल, विद्यार्थी, अभिभावक लगायत सबै पक्षको सामुहिक प्रयाशको कारण नै उक्त पुनित कार्य सम्भव भएको भन्दै स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्नुहुने सबै प्रति ऊहाँले आभार समेत प्रकट गर्नुभएको छ । साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ । शिक्षाको अलावा बालबालिकाहरुको स्वास्थ्य तथा खेलकुद, मनोरञ्जन, कला संस्कृति लगायतका विविध क्षेत्रहरुमा समेत सक्षम र सबल बनाउनको निम्ति विद्यालय परिवार लाग्दै आएको समेत ऊहाँले बताउनुभयो ।

श्रीकृष्ण विडारी, मार्केटिङ म्यानेजर, ग्रिनसिटी अस्पताल

यस कार्यक्रममा ग्रिन सिटी अस्पतालबाट विशेषज्ञ डाक्टर सहितको १५ जना व्यक्तिहरुको आज उपस्थिति रहेको थियो ।
आजको कार्यक्रममा तारकेश्वर क्षेत्रका व्यक्तिहरुलाई नै लक्षित गरेर कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा उल्लासपूर्ण सहभागिताबाट आफूहरु निकै नै उत्प्रेरित भएको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने मनस्थितिमा विद्यालय व्यवस्थापन पक्ष रहेको विद्यालयका लेखा प्रमुख दीपक खड्काले सेतोघर डट कमलाई बताउनुभयो ।
उता ग्रिनसिटी अस्पतालका मार्केटिङ म्यानेजर श्रीकृष्ण विडारी नेपालका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरु आफूहरुले आयोजना गर्दै आएको र यसबाट थुप्रै व्यक्तिहरुलाई निःशुल्क रुपमा स्वास्थ्य पहुँचमा पु¥याउन सफल भएको बताउनुहुन्छ । साथै पहिलो पटक चिल्ड्रेन हेराल्डसँग सहकार्य गर्न पाएकोमा खुसी रहेको समेत बताउनुभयो । साथै काठमाडौंको उत्तरी क्षेत्रमा नयाँ व्यवस्थापनको साथ सञ्चालनमा आएको यस अस्पतालले चिल्ड्रेन हेराल्ड स्कुलको सहकार्य आगामी दिनमा समेत निरन्तरता दिने विडारीले बताउनुभयो ।

आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु मार्फत निरन्तर रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताउँदै यस्ता कार्यक्रमहरुले स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने समेत बताउनुभयो ।
स्वास्थ्यलाई सबैको पहुँचमा पु¥याउनको निम्ति यस्ता कार्यक्रमहरु निकै धेरै आयोजना गर्नुपर्ने समेत बताउँदै स्वास्थ्य शिविरमा चेकजाँच गराई थप थप उपचार तथा परीक्षण आवश्यक भएका विरामीहरुले सोही कार्ड लिएर अस्तपाल गएमा ग्रिनसिटी अस्पतालले विशेष सहुलियतमा औषधीउपचारको प्रबन्ध मिलाउने समेत विडारीले बताउनुभएको छ ।

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956