How Can We Help?

+977-1-4981133

वुद्धमाया विश्वकर्मा काठमाडौमा : ग्रिन सिटी अस्पतालले निशुल्क उपचार गर्ने


 

काठमाडौ— आफूलाई जातीय छुवाछूत र कुटपिट गर्नेलाई अदालतले जेल सजाय तोकेपछि न्यायको अनुभूति गर्न नपाई विष खाएर आत्महत्याको प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्मालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
असार २७ गते बुधबार दिउँसो बुद्धमायाले विष खाएर बेहोस भएपछि उपचारका लागि बर्दिबास चोकस्थित शुभस्वस्तिक अस्पतालमा राखिएको थियो । तर उहाँको उपचारमा सुधार नभए पछि शनिबार काठमाडौ ल्याएर बसुन्धारा स्थित ग्रिन सिटी अस्पतालमा उपचार हुँदैछ ।
अस्पतालमा तीन दिन राखेर उपचार गरे पनि विश्वकर्मालाई सुधार नभएपछि थप उपचारका लागि आर्थिक अवस्था कमजोर हुँदा एक दिन अझै कुर्नुपरेको विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रहपालले बताउनुभयो । ‘सुधार आएको थिएन,तर आर्थिक अवस्थाले गर्दा, तत्काल काठमाडौ लैजान पनि सकिएको थिएन ।’
काठमाडौं बसुन्धारा स्थित ग्रिन सिटी अस्पतालले निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएपछि उहाँलाई काठमाडौ पठाएको रहपालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर रहेको र उपचार खर्च समेत जुटाउन नसक्दा विश्वकर्मालाई उपचारका लागि बाहिर पठाउन कठिन भएको थियो । विश्वकर्मालाई बचाउनका लागि काठमाडौं बसुन्धारास्थित ग्रिन सिटी अस्पतालका अध्यक्ष तथा फोहर सङ्कलन अभियानका संयोजक लोकबहादुर टण्डनसँग विश्वकर्माको बारेमा जानकारी गराएपछि अस्पतालले निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको रहपालले बताउनुभयो । ‘यो हाम्रो लागि निकै खुशीको कुरा हो,अस्पतालका अध्यक्षले वुद्धमायाको उपचार निशुल्क गर्ने घोषणा गर्नु भयो । ’

अस्पतालका अध्यक्ष भन्नुहुन्छ
केही दिन अघिमात्रै बुद्धमाया विश्वकर्माको समाचार मैले पढेको थिए । जातीय छुवाछूत गर्नेहरुलाई अदालतले फैसला सुनाएपछि न्याय पाएको समाचार पढेको हुँ उहाँको बारे । तर उहाँले विष खाएर आत्महत्याको प्रयास गरेको र अस्पतालमा उपचार भएको थाहा थिएन् । तर दलित अनलाईनमा समाचार पढेपछि पछिल्लो घटना पनि थाहा पाए । थप कुरा दलित अनलाइन डटकमका प्रधानसम्पादकसँग कुराकानी गरेपछि उहाँको थप उपचार हामीले गर्ने भएका हौं । मीनजीले पनि फोन गर्नुभएको थियो । मैले हाम्रो अस्पतालबाट विश्वकर्माको थप उपचार सबै गर्ने प्रतिवद्धता जनाएको छु । फोहर सङ्कलन अभियानमा बुटवल आएको छु । आज नै काठमाडौ फर्किन्छु । काठमाडौं गएपछि तत्कालै उपचाररत विश्वकर्मालाई भेट गर्छु । ग्रिन सिटी अस्पतालले आर्थिक अवस्था कमजोर भएका निमुखा, गरिब विपन्न , समुदायहरुलाई निशुल्क उपचार गर्दै आएको इतिहास छ । अझै मैले नै दलित समुदायका विरामीहरु धेरै लाई निशुल्क उपचार गराएको छु । समाचारमा आएका घटनाहरुले हाम्रो अस्पतालको मन छुन्छ । राज्यका मूलधारबाट पछाडि पारिएका सिमान्तकृत र दलित समुदायको आर्थिक अवस्था नाजुक हुँदा धेरै अस्पतालसम्म पनि पुग्न नपाई मृत्यु भएका घटनाहरु पनि छन् । यस्ता समुदायका लागि सहर केन्द्रित अस्पतालहरुले पनि हाम्रो अस्पातले जस्तै अभियान संचालन गरे केही हद सम्म भए पनि यो समुदायको लागि न्याय मिल्ने थियो ।

घटना के थियो

धारामा पानी छोएको भन्दै बुद्धमाया विश्वकर्माकी छोरी मनिषा र उनलाई कुटपिट गर्ने स्थानीय कमला गिरीविरुद्ध जिल्ला अदालत महोत्तरीले यही असार २४ गते जातीय विभेदको कसुर गरेको ठहर गर्दै ६ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । यसलाई दलित समुदायले ऐतिहासिक फैसला मानेका छन् । तर विश्वकर्माले उही टोलमा बस्नुपर्ने भएको कारण सामाजिक डर, त्रास र असुरक्षित महसुस गरी विष खाएर आत्महत्या गर्ने प्रयास गर्नुभएको थियो । विश्वकर्माका श्रीमान मजदुरीका लागि पोखरामा हुनहुन्छ भने एक छोरा र तीन छोरीहरु आफु संगै बस्दै आएका छन् ।

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956