How Can We Help?

+977-1-4981133

दाङकी रविना याेगीको ग्रीन सिटीमा मलद्वारको निःशुल्क शल्यक्रिया दैनिक नेपाल २०७६ जेठ २६ गते २०:२३


दाङकी रविना याेगीको ग्रीन सिटीमा मलद्वारको निःशुल्क शल्यक्रिया

दैनिक नेपाल २०७६ जेठ २६ गते २०:२३
 

काठमाडौं, २६ जेठ । ग्रीन सिटी अस्पताल काठमाडौंले आठ वर्षीया दाङ घर घएकी गरिव परिवारकी रविना योगीको मलद्धारको निःशुल्क शल्यक्रिया गरिदिएको छ ।

अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आठ वर्षसम्म जीवनमरणको संघारमा रहेकी दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीको मलद्धारको निःशुल्क शल्यक्रिया गरिएको जानकारी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिए ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारकी सदस्य रविना योगीको अवस्थाको बारेमा जानकारी पाउना साथ ग्रीन सिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई निःशुल्क अप्रेशन गरिदिएको अध्यक्ष टण्डनले बताए । रविनाका बुबा–आमाले मलद्धारको निःशुल्क शल्यक्रियापछि छोरीले नयाँ जीवन पाएको बताए ।

रविना योगीको उपचार र शल्यक्रियामा संलग्न वरिष्ठ बालशल्य चिकित्सक डा. गेहराज दाहालले अबको छ महिनापछि रविनाले प्रकृतिले दिएको मलद्धारबाटै दिशा गर्न सक्ने बताए ।

डा.दाहालको नेतृत्वमा एनेस्थेसियामा डा.आशिष अमात्य र स्टाफ नर्सहरूको टोलीले पाँच घण्टा लगाएर रविना योगीको मलद्धारको अप्रेशन गरिएको थियो ।

त्यसअघि उनलाई अन्य बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको भएपनि अप्रेशन सफल हुन सकेको थिएन ।

विपन्न परिवारका शिवहरि योगी र लक्ष्मी योगीको कोखबाट जन्मजात मलद्वार विहीन छोरी जन्मिएपछि बुटवल, पाल्पा र काठमाडौंका विभिन्न अस्पतालमा रविना योगीको उपचार र शल्यक्रिया प्रयास भएका थिए । शल्यक्रिया सफल हुन सकेको थिएन ।

बरिष्ठ वालशल्य चिकित्सक डा.दाहालको टोलीले जेठ ६ गते सफल शल्यक्रिया पश्चात उनको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आठ वर्षसम्म पेटमा प्वाल बनाएर रविना योगीको दिशा निकाल्ने व्यवस्था गरिएको थियो ।

रविना योगीकी आमा लक्ष्मी योगीले छोरीको स्वास्थ्य राम्रो रहेको बताइन् । ग्रीन सिटी अस्पतालमा उपचार गराउनुभन्दा पहिला विभिन्न अस्पतालहरूमा उपचार गउँदा रविनाकाे परिवारले चार लाख ऋणा लगाइसकेकाे छ ।

ग्रिन सिटी अस्पतालका अध्यक्ष टण्डनले यस्तो खालको सेवा गर्ने अबसर अस्पतालाई पर्‍यो भने जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको बताए । ‘सेवा नै धर्म हो भन्ने मान्यताका साथ अस्पतालले विपन्न परिवारका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ’, उनले भने, ‘महिनाको दुइवटासम्म निःशुल्क अप्रेशन समेत गर्ने गरेको छौं ।’

ग्रीन सिटी अस्पतालले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहीन दुई दलित बालिका ९ महिनाककी लोकमाया सुनार र १३ वर्षीया लीला बिकको निःशुल्क उपचार गरेको थियो ।

कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिनसम्म अस्पतालमै भर्ना गरी पूर्ण स्वास्थ्य बनाएर पठाइएको थियो । ग्रीन सिटी अस्पतालले अहिलेसम्म १८ वटा मुटुको अप्रेशन निःशुल्क गरिदिएको छ । शल्यक्रिया गरेका उनीहरू सबै अहिले पूर्ण स्वस्थ छन् ।

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956