How Can We Help?

+977-1-4981133

ग्रीनसिटी अस्पतालले ग¥यो सफलतापूर्वक निःशुल्क मलद्धारको अप्रेशन, रवीना योगीले पाइन नयाँ जीवन


सुशान्त न्यौपाने(copied form www.farakpatra.com)

२६ जेठ, काठमाडौं । ग्रीनसिटी अस्पतालले ८ वर्षे बालिकाको निःशुल्क मलद्धारको शल्यक्रियान सफलतापूर्वक सम्पन्न गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–८ की रविना करिव ८ वर्षसम्म जीवन मरणको संघारमा रहेकी थिइन । उनको शल्यक्रियाले नयाँ जीवन पाएकी छन् ।

गरिव परिवारमा जन्मेकी रविनाको जन्मदा नै मलद्धार थिएन । उनको विभिन्न अस्पतालहरुमा उपचार गर्दा पनि मलद्धारको सफल शल्यक्रिया भएको थिएन । यहि जेठ ६ गते डा. गेहराज दाहालको टोलीले लगातार ५ घण्टाको सफल शल्यक्रिया गरेको थियो । अहिलेसम्म रविनाको पेटमा बनाएको प्वालबाट दिशा बाहिर निकालीराखिएको थियो ।

अबको ५–६ महिनापछि रवीनाले मलद्धारबाट नै दिशा गर्न सक्ने डा. गेहराजले बताउनुभयो । रवीनाको सफल अप्रेशन भएपछि उनका परिवारमा खुशी पलाएको छ । ग्रीनसिटी आउनुभन्दा अगाडी धेरै अस्पतालहरुमा चाहार्दा रवीनाको परिवारमा ४ लाख भन्दा बढि ऋणले थिचेको हुँदा उक्त ऋण तिर्नका लागि ग्रीनसिटीले विभिन्न संघ/संस्था र मानिसहरुको सहयोग गर्नका अपिल गर्दै कुमारी बैंकमा खाता खोलेर अहिले पैसा संकलन कार्य भइरहेको छ ।

ग्रिनसिटीमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढि खर्च भइसकेको र अझै एउटा अप्रेशन बाँकी रहेको हुँदा उक्त सबै खर्च ग्रिनसिटीले नै गर्ने अध्यक्ष एलवी टण्डनले बताएका छन् । यस भन्दा अघि पनि ग्रीनसिटीले मलद्धार विहिन २ दलित बालिकाहरु ९ महिनाको लोकमाया सुनार र १३ वर्षिय लिला विकको निःशुल्क शल्यक्रिया गरिसकेको छ ।

बालशल्य चिकित्सक डा. गेहराजका अनुासर मलद्धार बन्द हुनुको कारण गर्भावस्थामा आमामा आइरनको कमी, पोषिलो खानेकुरा नखानु, धुम्रपान तथा मद्यपान गर्नु, अनावश्यक औषधि सेवन गर्नु, एक्सरे गर्नु, वायुमण्डल प्रदुषण आदिका कारण हुन् सक्छ । मलद्धार बन्द रहेको खण्डमा ३ पटकको सफल शल्यक्रियापछि मानिसले मलद्धारबाट नै दिशा गर्न सक्छन् । जसमा बच्चा जन्मिएको २४ घण्टामा पेटमा प्वाल पारिने शल्यक्रिया । दोस्रोमा मलद्धार बनाउन दुलो बनाउने । तेस्रोमा पेटको प्वला बन्द गरेर मलद्धारबाट नै दिशा गराउने ।

ग्रीनसिटी अस्पताल यस्तै गरिव र निमुखाको एकमात्र अस्पताल हो । यहाँ नीजि क्षेत्रका अस्पतालहरु अत्यधिक महड्डो भइरखेको अवस्थाममा यसले “पैसा नभए, ग्रीनसिटी जाने” भन्ने उदाहरण दिन सफल भएको छ । अस्पतालको अध्यक्ष सामाजिक क्षेत्रमा निरन्तर रुपमा रहेर काम गर्दै आइराखेका छन् । चक्रपथ सरसफाई लगायत बाग्मती सरसफाईमा पनि ग्रीनसिटीले निरन्तर काम गर्दै आएको छ । अस्पतालका अध्यक्ष एलवी टण्डनका अनुसार – आफ्नो घर आँगन, बाटो सफा राख्नुहोस्, सकेसम्म रोग लाग्नबाट बच्नुहोला । अस्पताल आउन नपर्ने वातावरण बनाउन सबैलाई आग्रह गरेका थिए, त्यसका लागि सरसफाईबाट मात्र सम्भव रहेको बताए ।

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956