How Can We Help?

+977-1-4981133

Free Surgery to remove 30 kg Tumor


काठमाडौं। बसुुन्धरास्थित ग्रीनसिटी हस्पिटलमा एक महिलाको पेटमा रहेको ३० किलोभन्दा बढीको ट्युमरको शल्यक्रिया गरिएको छ।

४९ बर्षकी रिता शेर्पाको पेटमा रहेको ३० किलो बढी ट्युमरको शल्यक्रिया गरिएको हो। आर्थिक अवस्था कमजोर रहेपछि बेलैमा उपचार गर्न नसक्दा रिताको ट्युमर बढ्दै गएको थियो।

पेटमा ३० किलोको ट्युमरको भारीले हिड्न नमिल्ने, खाना खान असहज हुनेलगायत रिताको अन्य दैनिकीमा पनि निकै समस्या देखिएको थियो।

केही समययता पेट अस्वाभाविक रूपमा बढेपछि उनलाई हिँडडुल गर्न गार्हो भएको थियो। आर्थिक अवस्था कमजोर रहेकाले उपचार गर्न नसकेको रिताको अवस्थाबारे सामाजिक सञ्जालमा चर्चा भएपछि ग्रिनसिटी अस्पतालले निशुल्क उपचार गरिदिएको थियो।

डाक्टर रुपा झाको टोलीले माघ ६ गते रिताको पेटमा बढ्दै गएको ट्युमरको शल्यक्रिया गरेको थियो।

डा. झाका अनुसार यस्तो किसिमको शल्यक्रिया पश्चात संक्रमण भई शरीरका अन्य अंगहरुले काम गर्न नसक्ने तथा शरीरमा प्रोटिनको मात्रा कम हुने जोखिम उच्च रहन्थ्यो। तर रिता शल्यक्रिया गरेको दोस्रो दिनदेखिनै सामान्य अवस्थामा फर्किएको डा. झाले बताए।

रिताको उपचारमा ५ लाख बढी खर्च भएको हस्पिटलले जनाएको छ। शल्यक्रिया पश्चात आफ्नो दैनिकी सामान्यकरणतर्फ उन्मूख भएको र पहिलाको जस्तै जिवनयापन गर्न सकेको भन्दै रिताले अस्पतालप्रति कृतज्ञता व्यक्त गरेका छन्।

फाइनान्स डाइरेक्टर रेणुका गुरुङले अस्पतालले सामाजिक काम गर्दै आएको र आर्थिक अवस्था कमजोर रहेका नागरिकको निशुल्क तथा सहुलियतमा उपचार गरिरहेको जानकारी दिइन्।

अस्पतालले गर्दै आएको निशुल्क उपचारबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई यो वर्ष झण्डै ४० लाख रुपैंया बराबरको उपचार निशुल्क गरिएको बताइन्।

उनले यस वर्ष सहुलियत उपचारमा अस्पतालले २ करोड रुपैंया खर्च ब्यहोरेको बताइन्।

यसैगरी भारतमा ८ पटकसम्म शल्यक्रिया गर्दापनि रोग निको नभएको तथा उपचारमै भएको जायजेथा सकेपछि चिन्तित रहेका डडेल्धुराका २९ वर्षका किशन बहादुर तमोटाको पनि निशुल्क उपचार गरिएको छ। उनको ५ महिना अगाडि शल्यक्रिया गरिएको थियो। उनको खाना नलीको समस्या देखिएको थियो।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डलने सामाजिक उत्तरदायीत्व वहन गर्ने उद्धेश्यले नै ग्रिनसिटी अस्पतालको स्थापना भएकाले आर्थिक अवस्था कमजोर भएका नागरिकको उपचार निशुल्क गर्न अस्पताल प्रतिवद्ध रहेको वचन दिए।

उनले महिना २ जना विपन्न नागरिकको शल्यक्रिया निशुल्क गर्ने योजनामा अस्पताल रहेको बताए। अन्य अस्पतालहरुले पनि विपन्न नागरिकको औषधि उपचार निशुल्क गर्नपर्नेमा जोड दिए। २०६९ सालामा ग्रिनसिटी अस्पतालको स्थापना भएको थियो।

https://www.dcnepal.com/2023/03/456509/ साभार

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956